पहिला आफैलाई हराउनेलाई जितेर भोजपुर षडानन्दको मेयर र उपमेयर

मेयरमा एमालेका उदास र उपमेयरमा माओवादी केन्द्रकी प्रमिला विजयी


३ जेष्ठ २०७९, मंगलवार
Surendra Udas Pramila Rai Shadananda Bhojpur

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरेन्द्रकुमार उदास विजयी भएका छन् । उनले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबल राईलाई एक हजार १५ मत अन्तरले पराजित गरेका छन् ।

मेयरमा निर्वाचित उदासले ६,७७२ मत पाउँदा राईले ५,७५७ मत ल्याएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राईले उदासलाई हराएका थिए ।

मेयरमा एमालेका उदास विजयी हुँदा उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी प्रमिला राई निर्वाचित भएकी छन् । उनले ७,२५७ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी एमालेकी मेरिका राईले ४,३५८ मत ल्याएकी छन् । २०७४ सालको निर्वाचनमा प्रमिला मेरिकासँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७