फेरि बढ्यो लामो दूरीमा सार्वजनिक यातायातको भाडा, कहाँको कति ?


३ जेष्ठ २०७९, मंगलवार
bus park

काठमाडौं । सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडी भाडा पनि बढाएको हो ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशत भाडा वृद्धि भएको छ ।

सरकारले यसअघि २०७८ चैत १७ गते भाडा बढाएको थियो । उक्त समयमा डिजेलको मूल्य १३८ रुपैयाँ रहेकोमा अहिले १५३ रुपैयाँ भएको छ । तेलमा १० प्रतिशत बढी मूल्य बढेकाले जेठ ४ गतेदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा गुड्ने गाडीको भाडा बढाएको छ ।
कहाँको भाडा कति ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७