इलाम नगरपालिकामा कांग्रेस विजयी


४ जेष्ठ २०७९, बुधबार
ilam 1

इलाम । इलाम नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार ११५ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५४२ मत प्राप्त गरिन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याए । त्यस्तै, उपमेयरमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत ल्याएकी छन् । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

इलामको रोङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी
इलामको रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनीकुमार स्याङ्बो सुवास विजयी भएका छन् । उनले नेकपा (एमाले) का मेहेरमाना तामाङलाई पराजित गरे ।

स्याङ्बो ४,६७९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी तामाङले ४,३२२ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) की विष्णुमाया खवास विजयी भइन् । खवासले ४,६५६ मत ल्याएकी छिन् । निकटतम् प्रतिद्वन्द्वी कल्पनादेवी खनालले ४,१९७ मत ल्याइन् । गाउँपालिकाको वडा १, ३ र ५ मा कांग्रेस, २ मा स्वतन्त्र, ४ र ६ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७