धरानमा गठबन्धनलाई स्वतन्त्र हर्क साम्पाङको कडा टक्कर, मतान्तर २५६ मा झारे


४ जेष्ठ २०७९, बुधबार
Harka Sampang

धरान : धरान उपमहानगरापालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले कांग्रेस उम्मेदवार किशोर राईलाई कडा टक्कर दिइरहेका छन्।

बुधबार बिहान ८ बजे सकिएको २६ हजार ८४२ मतगणनाअनुसार साम्पाङले कांग्रेस उम्मेदवार किशोर राईसँगको मतान्तर २५६ मा झारेका हुन्।

साम्पाङभन्दा गठबन्धनका उम्मेदवार राई अब २५६ मतले अघि छन्। राईले ७७ सय १७ मत पाएका छन्। उता साम्पाङले ७४६१ मत ल्याएका छन्।

एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारीले ६४ सय २५ मत ल्याएकी छन्। मञ्जु हर्कभन्दा १०३६ मतले पछि छन्।

उपमेयरमा पनि गठबन्धनका उम्मेदवार ८६७० मतले अग्रता यथावत राखेका छन्। एमालेका उम्मेदवार पदम इस्वोले ८३२४ मत ल्याएका छन्।

धरानको वडा १, २, ३, ४, ५, ६,७ र ९ वडाको मतगणना भइसकेको छ। अहिले वडा ८, १०, १८, १९ र २० को मतगणना भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७