काठमाडौंको मतगणना छोडेर ललितपुर पुगे बालेन साह


४ जेष्ठ २०७९, बुधबार
balen shah

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह भने ललितपुरको मतगणनामा पुगेका छन् ।

ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन पुगेका हुन् ।

अहिले ललितपुरको वडा नम्बर १० को मतगणना सुरु हुन लागेको छ । यस वडाबाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रूपमा मतगणनामा सहभागी हुन बालेन त्यहाँ गएका हुन् ।

व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मान्ने गर्छन् ।

व्यञ्जनकारले पञ्चायतकालदेखि हरेकपटक सोही वडाबाट निरन्तर वडाध्यक्ष जित्दै आएका छन् ।

व्यञ्जनकारका छोरा कुमार बेन बालेनका निकट सहयोगी हुन् । उनले यो स्थानीय चुनावमा बुबाका लागि भन्दा बालेनका लागि समय दिइरहेका छन्

साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् ।

पछिल्लो परिणाम अनुसार १६ हजार ५२ मत ल्याएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् । गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७