हचुवाको भरमा दिएको दुई दिन बिदाले कुनै प्रतिफल दिंदैन : योगेश भट्टराई


४ जेष्ठ २०७९, बुधबार
yogesh scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले हचुवाको भरमा दुई दिन बिदा दिइएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिदै भट्टराईले विकल्प नसोचेर हचुवाको भरमा सरकारले दुई दिन बिदा दिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘सरकारले दुई दिन बिदाको कुरा गरेको छ । दुई दिनको विदा केका लागि ? दुई दिन बिदा केका लागि ? पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हो भने त्यो प्रत्युत्पादक हुन्छ ।’

उनले दुई दिन बिदा हुँदा राष्ट्रि श्रम शक्तिलाई अगाडि बढाउन नसक्ने बताए । ‘दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन । थप बिदा दिँदा राष्ट्रिय श्रम शक्तिलाई कसरी अघि बढाउन सक्छ ? देशको पर्यटन उद्योगलाई बढाउने उपाय नसोचेर हचुवाको भरमा बिदा दिइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७