एमालेले जित्यो काठमाडौंको दोस्रो पालिका


४ जेष्ठ २०७९, बुधबार
Budhanilkantha mayor

काठमाडौँ । नेकपा एमालेले काठमाडौँमा दोस्रो पालिकामा जित दर्ता गरेको छ । बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

मेयरमा मिठाराम अधिकारी १४ हजार २५० मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गरे । उपमेयरमा एमाले उम्मेदवार अनिता लामा १४ हजार ३१४ मतसहित विजयी भइन् । कांग्रेस उम्मेदवार रमिला वाग्ले ११ हजार ९७२ मत पाइन् ।

बुढानिलकण्ठमा यसअघि पनि एमाले नै विजयी भएको थियो । एमालेले काठमाडौँको टोखा नगरपालिकामा जित हात पारेको छ । काठमाडौँकै शंकरापुर नगरपालिकाको मेयरमा भने राप्रपाले जित हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७