भरतपुरमा विजय भन्दा रेणु १,८५२ मतले अगाडि


४ जेष्ठ २०७९, बुधबार
Renu bijaya jaganath

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १,८५२ मतले अग्रता लिएकी छन् ।
२८ हजार ६४३ मतगणना गर्दा रेणुले १० हजार ४४९ मत प्राप्त गरेकी छन् । प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ८,५९७ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ मत प्राप्त गरेका छन् । राप्रपाकी हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।
अहिले वडा ७ को १२०० मत गणना भएको छ । वडाध्यक्षमा एकीकृत समाजवादीले ४९३ मत र एमालेले ४०० मत पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७