रुपन्देही देवदहको मेयर र उपमेयर दुबैमा एमाले विजयी


४ जेष्ठ २०७९, बुधबार
dhruba kharel and laxmi gurung

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमाले निर्वाचित भएको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १,६२० मत अन्तरले पराजित गरेका हुन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३२३ मत पाए ।

खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए । गुरुङले २०७४ सालमा पनि उपमेयर जितेकी थिइन् । उनले ३,७८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७,२९० मत पाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७