निजगढ नगरपालिकामा एमालेका प्रमुख-उपप्रमुख विजयी


४ जेष्ठ २०७९, बुधबार
bara amale

बारा । बाराको निजगढ नगरपालिकामा नगर प्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी प्राप्त गरेको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगर प्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले ८,८२३ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले ८,५१८ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७