पोखरा : गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्य २,०३२ मतले अगाडि


४ जेष्ठ २०७९, बुधबार
Krishna thapa dhanrajacharya

पोखरा । पोखरा महानगरपालिकाको ४१ हजार मतगणना सकिएको छ । आज (बुधबार) दिउँसो ४१ हजार ४२३ मतको नतिजा सार्वजनिक हुँदा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले दुई हजार ३२ मतको अग्रता लिएका छन् । उनले १७ हजार २४२ मत पाउँदा नेकपा एमालेका कृष्णबहादुर थापाले १५ हजार २१० मत पाएका छन् । राप्रपाका शंकर खरालले १,६९८ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ९२९ मत ल्याएका छन् ।

उपमेयरमा भने गठबन्धन झिनो मतले अगाडि छ । गठबन्धनकी कोपिला रानाभाट नेकपा एमालेकी मञ्जुदेवी गुरुङभन्दा १०२ मतले अगाडि छिन् । कांग्रेस उम्मेदवार रानाभाटले १७ हजार ४४३ मत पाउँदा एमालेकी मञ्जुले १७ हजार ३४१ मत पाएकी छन् । राप्रपाकी रञ्जना सेन पौडेलले १४ सय ७२ मत ल्याएकी छन् ।

पोखरामा २ लाख ७ हजार ७१२ मतदाता रहेकोमा ३० वैशाखको चुनावमा एक लाख ४३ हजार २२६ मत खसेको थियो । हालसम्म पोखरा १, २, ३, ४, ५, १२, २३ को मतगणना सकिएको छ । यीमध्ये पोखरा १ र ५ नेकपा एमालेले जितेको छ भने बाँकी वडा नेपाली कांग्रेसले जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७