भरतपुरमा रेनुलाई दुई हजार मतको अग्रता


४ जेष्ठ २०७९, बुधबार
renu dahal 1

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा जारी मतगणनामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् । भरतपुर महानगरपालिका-७ र ८ को मत गणनाका क्रममा दाहालले दुई हजार मतले अग्रता लिएकी हुन् ।

दाहालले ११ हजार ९० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले नौ हजार ९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४,९५८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ र राप्रपाका हिमला गुरुङले सात हजार ३७१ मत प्राप्त गरेका छन् ।

गणना भइरहेका वडाहरुमा वडाध्यक्षमा समेत गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । वडा नं ७ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्ले ९७४ र नेकपा एमालेका सनतकुमार लामिछानेले ८६२ मत प्राप्त गरेका छन् । यस्तै वडा नं ८ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीवनाथ कँडेलले १९४ मत र नेकपा एमालेका तिलकबहादुर दर्लामी मगरले १५७ मत प्राप्त गरेका छन् ।

यसअघि महानगरको वडा नं १, २, ४, ५ र ६ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७