मालिकामा पाँच दलीय गठबन्धनको ‘क्लिन स्विप’


४ जेष्ठ २०७९, बुधबार
chunab 5 dal

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा पाँच दलीय गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ । नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी, समाजवादी सहितका दलहरुले चुनावी गठबन्धन गरेका थिए ।

वैशाख ३० मा सम्पन्न निर्वाचनमा गठबन्धनका दलहरुले पूर्ण सफलता पाएसँगै गठबन्धनले ‘क्लिन स्विप’ गरेको हो । गठबन्धनबाट माओवादी केन्द्रका देविराम अर्याल ६,१७६ मतसँगै पालिका अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका रितबहादुर थापाले ४,६१७ मत प्राप्त गरे । अर्यालले थापालाई १,५५९ मतान्तरले पराजित गरे । थापा पालिकाका निवर्तमान अध्यक्ष समेत हुन् ।

पालिका उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उपेन्द्र अर्याल ६,३३४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेकी रनमाया पुनले ४,६९२ मत प्राप्त गरिन् । अर्यालले पुनलाई १,६४२ मतले पराजित गरे । २०७४ को निर्वाचनमा मालिकामा त्रिपक्षीय निर्वाचन भएको थियो । सो बेला चार हजार ४२ मतसहित एमालेका रितबहादुर अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७