काठमाडौं : बालेनको २० हजार मत कट्यो, स्थापित साढे ९ हजार बढी मतले पछि

सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै


५ जेष्ठ २०७९, बिहीबार
balen keshav

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार मत कटाएका छन् । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४८९ मत गन्दा बालेन साहले २० हजार ६७९ मत प्राप्त गरेका छन् ।

उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९ हजार ५७६ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ११ हजार १०३ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ९,५५६ मत प्राप्त गरेकी छन् । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उनले अहिलेसम्म २० हजार ७०३ मत ल्याएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६,५३३ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७