डि ककको शतकमा कोलकातामाथि लखनउको जित


५ जेष्ठ २०७९, बिहीबार
LSG KKR IPL 2022 9Md6FULAyQ

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको बुधबारको खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि २ रनको रोमाञ्चक जित हात पारेको छ ।

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा विना कुनै विकेटको क्षतिमा २१० रन बनाएको थियो । लखनउका लागि क्विन्टन डिककले अविजित १४० रनको शतकीय पाली खेलेका थिए । त्यस्तै के एल राहुलले ६८ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो । कोलकाताका श्रेयस ऐय्यरले ५० रन बनाए भने नितिश रानाले ४२ तथा रिंकु सिंहले ४० रनको पाली खेले । यद्यपि यो जितका लागि पर्याप्त हुन सकेन । यससँगै लखनउले १४ खेलबाट १८ अंक हात पारेको छ भने कोलकाताले समान खेलबाट १२ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७