मकवानपुरमा १० मध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक


५ जेष्ठ २०७९, बिहीबार
DipakBohara Tulsipur RSS 04 matganana

मकवानपुर । मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौंडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ ।

नेकपा (एमाले) ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ । नेकपा (माओवादी केन्द्र) ले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । काँग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको छ । कैलाशमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए । इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा एमाले विजयी भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७