बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति पुग्यो ?


५ जेष्ठ २०७९, बिहीबार
gold

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा पुगेको छ । त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७