काभ्रेको मण्डन देउपुर नगरपालिमा एकीकृत समाजवादी विजयी


५ जेष्ठ २०७९, बिहीबार
tok bahadur waiba1652939176

काभ्रे । काभ्रेको मण्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका टोकबहादुर वाइबा ९,४०६ सहित मेयर बनेका हुन् । उनले पराजित गरेका एमाले उम्मेदवार विदुरप्रसाद सापकोटाले ८,३५१ मत पाएका छन् ।

मण्डनदेउपुर एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाको घर रहेको नगरपालिका हो भने यो ठाउँ उनको निर्वाचन क्षेत्र अन्र्तगत पर्दछ । उपमेयरमा नेपाली काँग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मत पाएर विजयी भएका छन् । पराजित भएकी एमालेकी सरिता ढकालले ६,९२४ मत ल्याएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७