ललितपुरमा चिरिबाबुले १७ हजार मत कटाए, उपप्रमुखमा एमालेकी शाक्य अगाडि


५ जेष्ठ २०७९, बिहीबार
chiribabu scaled

ललितपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको मतगणना चलिरहेको छ । अहिलेसम्म ३२ हजार ८१९ मतगणना गरिएको छ ।

ललितपुरमा प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता निरन्तर बढ्दो छ । पछिल्लो गणनाअनुसार महर्जनले १७ हजार २१० मत ल्याएका छन् । नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ९,६८८ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्य ९,४७९ मतसहित अगाडि छिन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बाबुराज बज्राचार्यले ६,९०३ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७