५५२ पालिकाको मत परिणाम : कांग्रेस २४६, एमाले १५७ र माओवादी १०२ मा विजयी


५ जेष्ठ २०७९, बिहीबार
tara kumari kaji mahato

काठमाडौं । बैसाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम धमाधम आउने क्रम जारी छ । अहिलेसम्म ५५२ वटा पालिकाको अन्तिम मत परिणाम आएको छ । १६५ वटा नगरपालिका र ३८७ वटा गाउँपालिका गरी ५५२ वटा पालिकाको अन्तिम नतिजा आएको हो ।
कांग्रेस
अहिलेसम्म सत्तारुढ नेपाली कांग्रेस २४६ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८३ नगरपालिकाको मेयर र १६३ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै कांग्रेसले ६४ वटा नगरपालिकाको उपमेयर र १६८ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २३२ वटा पालिकामा जितेको हो । कांग्रेसले २,२२४ वटा वडाध्यक्ष पद जितेको छ ।

एमाले
प्रमुख पतिपक्षी दल नेकपा एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५१ वटा नगरपालिकाको मेयर र १०६ वटा गाउँपालिकाको अध्यक्ष गरी १५७ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ६३ वटा नगरपालिकाको उपमेयर, १०४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १६७ वटा जितेको छ । एमालेले १,७५९ वटा वडाध्यक्ष जितेको छ ।
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १०२ वटा पालिकाको प्रमुख पद जितेको छ ।
माओवादी केन्द्रले २५ वटा नगरपालिकाको उपमेयर, ८५ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ११० वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९२९ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकासहित १३ पालिकामा मेयर तथा अध्यक्ष जितेको छ । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले १७ वटा पालिकामा जितेको छ ।

जसपा
जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १४ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १२ वटामा उपाध्यक्ष जितेको छ । जसपाले २ सय वडामा अध्यक्ष जितेको छ ।

स्वतन्त्र/अन्य दल
यस्तै स्वतन्त्र र अन्य दलले गरी २० वटा पालिकामा मेयर/अध्यक्ष जितेका छन् भने १४ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् । स्वतन्त्र तथा अन्य गरी ४७५ वडामा अध्यक्ष निर्वाचित भएका निर्वाचन आयोगको विवरण छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७