धरानमा प्रमुख पदका स्वतन्त्र उम्मेदवारमा सबैको ध्यान केन्द्रित


५ जेष्ठ २०७९, बिहीबार
Harka Sampang

सुनसरी । गएको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

धरान उपमहानगरपालिका

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसारमा पछिल्लो परिणामअनुसार धरान उपमहानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका किशोर राईले ६,९६५ मत प्राप्त गरी अग्रता कायम राखेका छन् भने सोही पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले ६,८५७ र नेकपा एमालेका मञ्जु भण्डारी सुवेदीले ५,५४२ मत प्राप्त गरी पछ्याइरहेकी छन् ।

स्वतन्त्र उम्मेदवार हर्कले कांग्रेसका उम्मेदवार राईभन्दा १०८ मत बढी प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का अइन्द्रविक्रम बेघा ७,७६२ मत प्राप्त गरी अग्रस्थानमा छन् भने उनका प्रतिस्पर्धी एमालेका पद्मप्रसाद लिम्बूले ७,३३५ मत प्राप्त गरी पछ्याइरहेका छन् । २० वटा वडा रहेको धरानमा ११ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । चार वटा वडामा वडाध्यक्ष नेपाली कांग्रेस, छवटा वडामा वडाध्यक्ष नेकपा एमाले र एकमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।

इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका हेमकणर् पौडेलले ११ हजार ५३५ मत प्राप्त गरी अग्रस्थानमा छन् । एमालेका यामबहादुर चुङवाङ सुब्बाले नौ हजार २११ मत प्राप्त गरी पौडेललाई पछ्याइरहेका छन् । उपप्रमुखमा एमालेका संगीताकुमारी चौधरीले १० हजार ३२३ मत प्राप्त गरी अग्रता लिएकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले सात हजार ६७ मत प्राप्त गरेका छन् । २० वटा वडा रहेको यस पालिकामा छ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा दुई वटा वडामा वडाध्यक्ष नेपाली कांग्रेस र चार वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७