भरतपुर : मेयरमा रेनु दाहाललाई ३,२६४ मतको अग्रता


५ जेष्ठ २०७९, बिहीबार
Renu bijaya jaganath

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ४५ हजार ७६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाले ३,२६४ मतको अग्रता बनाएकी छन् ।

जारी मतगणना अनुसार रेनुले १७ हजार २९० मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १४ हजार २६ मत ल्याएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका जगन्नाथ पौडेलले पनि अहिलेसम्म ७ हजार ४० मत ल्याएका छन् ।

उपमेयरतर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाएका छन् । उनले १८ हजार ८४८ मत ल्याउँदा एमाले-राप्रपा गठबन्धनकी हिमला गुरुङले ११ हजार २१९ मत मात्रै ल्याएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७