गोला तानेर पनि अन्ततः समशेरले नै मारे बाजी


५ जेष्ठ २०७९, बिहीबार
samser singh bardibas

काठमाडौं । बर्दिबास नगरपालिका-८ को मतगणना सकेर उम्मेदवार विजयी घोषणा भएको तीन दिनपछि सो वडाको गणना नभएको एउटा शिलबन्दी मतपेटिका भेटियो । भेटिएको सो मतपेटिकाका मत गणना गर्दा वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर भयो । गोलाप्रथा गर्दा पहिला नै विजेता भएका उम्मेदवार नै फेरि विजयी घोषित भए ।

यो नाटकीय घटनाबाट बर्दिबास नगरपालिका-८ का वडाध्यक्षमामा निर्वाचित नेकपा माओवादी केन्द्रका उम्मेदवार समशेर सिंह विजयी भएका हुन् । गोलाप्रथा गर्दा सिंहले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तीन दिनअघि उनलाई वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो । निर्वाति भएपछि उनको विजयोत्सव जुलुस समेत निस्किएको थियो । वडाध्यक्षको मतगणना गर्दा उनले ७५३ मत पाएका थिए ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रुद्र किङरिङले ७४४ मत पाएका थिए । बिहीबार मतपेटिका गोदाममा राख्दा एउटा मतपेटिका शिलबन्दी अवस्थामा भेटिएको थियो । मतगणना हुँदा दुवैको बराबर ७६७ मत भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७