पोखराको मेयरमा धनराजको फराकिलो अग्रता, उपमेयरमा रोचक बन्दै प्रतिष्पर्धा


६ जेष्ठ २०७९, शुक्रबार
Krishna thapa dhanrajacharya

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजार बढीको मतान्तर बनाएका छन् । ६१ हजार ११२ मत गणना हुँदा आचार्यले २५ हजार २२६ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले २२ हजार १९२ मत पाएका छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारको झिनो अग्रता छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २५ हजार ४०४ मत पाउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २५ हजार ४५९ मत पाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७