यमनको हुथी लडाकू समूह युद्धविराम विस्तार गर्न लचक


६ जेष्ठ २०७९, शुक्रबार
yaman2021 08 29 05 35 20

काठमाडौं । यमनको हुथी लडाकू समूहले संयुक्त राष्ट्रसंघका प्रतिनिधिले यमनी सरकारसँग चलिरहेको दुई महिने युद्ध विरामलाई विस्तार गर्ने अनुरोधमाथि विचार गरिरहेको बताएको छ । हुथीद्वारा सञ्चालित अल-मसिरा टिभीले बिहीबार उक्त जानकारी गराएको हो ।

सर्वोच्च राजनैतिक परिषद्ले अब जून २ मा म्याद समाप्त हुने गरी यस सम्झौतालाई विस्तार गर्ने अनुरोधमा विचार गरिरहेको छ । अप्रिल २ देखि अन्तर्राष्ट्रिय स्तरबाट मान्यता प्राप्त यमनी सरकार र हुथी समूहले संयुक्त राष्ट्रसंघको पहलमा भएको दुई महिने युद्धविरामको पालना गरिरहेका छन् ।

यसमा हुथीले सञ्चालन गरेको साना विमानस्थलबाट हप्तामा दुई व्यावसायिक उडान गर्न दिनु, होडैडाको हुथी नियन्त्रित बन्दरगाहमा १८ इन्धन जहाज प्रवेश गर्न पाउनु र सरकारले सञ्चालन गरेको ताइज शहरको घेराबन्दीलाई हटाउनु पनि आवश्यक छ । हालसम्म हुथी र यमनी सरकारबीच छिटपुट झडप भए पनि धेरै हदसम्म युद्धविराम कायमै रहेको छ ।

इन्धन बोक्ने कुल १२ जहाजलाई यमन सरकारले होडैडा बन्दरगाहमा शुरुवात देखि नै अनुमति दिएको छ । यसबाहेक सानास्थित यमनी अन्तर्राष्ट्रिय विमानस्थल धेरै अवरोधहरूपछि यस हप्ता छ वर्षमा पहिलो पटक व्यावसायिक उडानको लागि खोलिएको छ ।

युद्धरत पक्षले ताइजको घेराबन्दी तोड्ने विषयमा अझै सहमति जुट्न सकेको छैन । यस युद्धले यमनमा भएको युद्धको अन्त्य गर्न वर्षौंको पहिलो उपलब्धिलाई अघि ल्याएको छ । यमनी द्वन्द्वले हजारौं मानिसहरूको ज्यान लिनुका साथै देशका अधिकांश भागलाई भोकमरीको सँघारसम्म धकेलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७