श्रीलङ्कामा अझै एक महिनालाई पुग्ने इन्धन छ : प्रधानमन्त्री विक्रमासिङ्घे


६ जेष्ठ २०७९, शुक्रबार
Ranil Bikramasinghe lvZ36KBghd

कोलम्बो । श्रीलङ्कामा अझै एक महिनालाई पुग्ने पेट्रोलियम पदार्थ रहेको सरकारले दावी गरेको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बिहीबार संसद्लाई सम्बोधन गर्दै आगामी जुन मध्यान्तर सम्मलाई पुग्नेगरि पेट्रोलियम पदार्थ रहेको दावी गरेका हुन् ।

अहिले नै पेट्रोलियम पदार्थको अभाव भइनसकेको र अहिले भण्डारण गरिएको पेट्रोलियम पदार्थबाट थप एक महिनालाई पुग्ने उनको भनाई छ । डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको चरम अभाव रहेको हल्ला चलेपछि अभाव र महङ्गी थप बढ्न थालेपछि प्रधानमन्त्री विक्रमासिङ्घेले यस्तो जवाफ दिएका हुन् ।

उनले पेट्रोलियम पदार्थको प्रयोग घटाउन, किफायती गर्न र बचत गर्न भने सबैलाई आग्रह गरेका छन् । तर हाहाकार हुन्छ झै गरेर लामो लामो लाइनमा बसेर आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ किनेर घरघरमा बचत गर्न आवश्यक नरहेको उनको भनाई छ ।

पेट्रोलियम पदार्थको अभाव हुने हल्ला चलेपछि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पेट्रोल पम्पहरूमा उपभोक्ताको भिड लाग्ने गरेको र अस्वभाविक रुपमा धेरै किन्ने गरेको पाइएको छ । उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूणर् रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

दक्षिण एसियाली मुलुक श्रीलङ्का यतिखेर आर्थिक तथा राजनीतिक सङ्कटमा गुज्रिएको छ । विषेश गरेर आर्थिक संकट बढेपछि महङ्गी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए । तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन भएपछि उनले राजीनामा दिएकाले राष्ट्रपति गोटावाय राजापाक्षले केही दिनअघि विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७