कर्णाली प्रदेशसभाको १०औं अधिवेशन जेठ १० गते


६ जेष्ठ २०७९, शुक्रबार

सुर्खेत । कर्णाली प्रदेशसभाको १०औं अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सविधानमा प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था छ ।

प्रदेशसभाको नवौं अधिवेशन गत वैशाख २१ गते अन्त्य भएको थियो । १०औं अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७