बलात्कारीलाई कारबाहीको माग गर्दै बालुवाटारमा प्रदर्शन

बलात्कारको मुद्दामा हदम्याद घटाउन माग


६ जेष्ठ २०७९, शुक्रबार
occupy baluwatar2


काठमाडौं । मोडलिङ्ग क्षेत्रकी एक युवतीमाथि भएको बलात्कारको विरोध र पीडितलाई न्याय माग गर्दै आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ ।

‘ब्युटि प्याजेन्ट’ कार्यक्रममा आयोजकले एक किशोरीलाई यौनहिंसा गरिएको घटना बाहिरिपछि पीडितलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनका सहभागीले दोषीमाथि कारवाही गर्न माग गरेका छन् । उनीहरूले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

282192646 602717760726821 5726479150214412791 n

यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउन सरकार र प्रधानमन्त्रीले विशेष पहल र अग्रसरता लिनुपर्ने माग गरेका छन् । मिस ग्लोबल नेपाल नामक ब्युटि प्याजेन्टका आयोजकले आफूलाई प्रलोभनमा पारेर पटक-पटक बलात्कार र यौन हिंसा गरेको भिडियो एक किशोरीले सार्वजनिक गरेपछि दोषीलाई कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढ्दै गएको छ । उनको न्यायका लागि अहिले विभिन्न क्षेत्रका व्यक्तिहरु जुट्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७