बसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा


६ जेष्ठ २०७९, शुक्रबार
bashant narayan datta AqSMTeo0vj

काठमाडौं । नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज (शुक्रबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निणर्य गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा पाँच एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७