भरतपुर : रेनुको अग्रता बढेर ३४ सय पुग्यो


६ जेष्ठ २०७९, शुक्रबार
renu dahal 1

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ३,४४२ मतको अग्रता बनाएकी छन् ।

हालसम्म गणना भएको मत ५९ हजार ७२५ मा दाहालले २३ हजार १५४ मत पाएकी छन् । यस्तै, उनलाई पछ्याइरहेका नेकपा (एमाले) का विजय सुवेदीले १९ हजार ७२२ मत ल्याएका छन् ।

कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ८ हजार ५१३ मतसहित तेस्रो स्थानमा छन् । उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले २५ हजार ३९२ र एमाले-राप्रपा गठबन्धनकी हिमला गुरुङले १५ हजार ५३८ मत ल्याएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७