बेथानचोकमा गठबन्धन विजयी


६ जेष्ठ २०७९, शुक्रबार
bethan 1653027115

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी भएका हुन् ।

अध्यक्ष अधिकारी छ हजार १९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका सरला लामिछानेले तीन हजार ५७३ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी वडामा क्रमशः वडा नं १ मा कांग्रेसका मधुसुधन तिमल्सिना, २ मा कांग्रेसकै पुरुषोत्तम तिमल्सिना, ३ मा कांग्रेसका कुबेर ढकाल, ४ मा कांग्रेसकै कृष्णबहादुर लामा निर्वाचित भएका छन् । यस्तै वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा, ६ मा कांग्रेसका विष्णु तामाङले जित हासिल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७