एएफसी एसियन कप छनोटका लागि फुटबल टोली घोषणा, १० ‘विद्रोही’ खेलाडी समेटिएनन्


६ जेष्ठ २०७९, शुक्रबार
national football team trai

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् ।

एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ । प्रशिक्षकसँग विवादमा परेका खेलाडीहरु भने टिममा परेका छैनन् ।

यस्तो छ अन्तिम टोली

गोलकिपर- दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा ।
डिफेन्डर- विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल ।
मिडफिल्डर-आकाश बुढा मगर, अरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल, सुरज जेउ ठकुरी ।
फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७