मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी


६ जेष्ठ २०७९, शुक्रबार
Mithila Mun congress

धनुषा । मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् । निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजाराम महतोले छ हजार ९४० मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी छन् ।

उपप्रमुखमा निर्वाचित भएकी बुढाथोकीले सात हजार ४१४ मत प्राप्त गरेकी छन् भने कांग्रेसका कोइरालाले छ हजार ७३५ मत पाएकी छन् । विसं २०७४ को चुनावमा मिथिला नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो । ११ वडा रहेको सो नगरपालिकामा यस पटक पाँच वडामा एमाले, चारमा कांग्रेस र दुई वडामा एकीकृत समाजवादीले जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७