विराटनगरको मेयरमा कांग्रेसका नागेश र उपमेयरमा एमालेकी शिल्पा विजयी


७ जेष्ठ २०७९, शनिबार
Nagesh shilpa 17uOf9WwSB

मोरङ । मोरङको विराटनगर महानगरपालिकामा मतगणना सम्पन्न नहुँदै प्रमुख र उपप्रमुख नै विजयी भएका छन् ।
५,९३४ मत गणना गर्न बाँकी हुँदै प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले जित सुनिश्चित गरेका हुन् । गणना गर्न बाँकी मतभन्दा उनीहरुको र प्रतिस्पर्धीको मतान्तर बढी छ ।

८३ हजार ८५५ मतगणना सम्पन्न हुँदा कोइरालाले २७ हजार ७०५ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका सागर थापाको २० हजार ३६५ मत छ । यो कोइरालाले पाएको भन्दा ७,३४० मत कम हो ।

उपप्रमुखमा शिल्पाले २४ हजार १५ मत पाएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १३ हजार ४७३ मत पाएका छन् । अमेरेन्द्रको भन्दा १० हजार ५४२ मत बढी शिल्पाले पाइसकेकी छन् ।
६ वटा महानगरपालिका मध्य सबैभन्दा पहिले विराटनगर महानगरपालिकाको मत परिणाम सार्वजनिक हुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७