इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एसका आरबी राई निर्वाचित


७ जेष्ठ २०७९, शनिबार
rb rai

इलाम । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित एकीकृत समाजवादीका रनबहादुर राईले १२ हजार ४३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका काजीमान कागतेले १० हजार ५७९ मत पाए ।

त्यसैगरी उपमेयरमा कांग्रेसका दुर्गाकुमार बराल ११ हजार ८५४ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी भट्टराईले ९,१२२ मत पाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७