६८२ पालिकाको मत परिणाम : कांग्रेस ३०३, एमाले १८५ र माओवादी ११७ मा विजयी


७ जेष्ठ २०७९, शनिबार
PemaLama Banepa RSS 06 1

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८२ स्थानीय तहको नतिजा आइसकेको छ ।

नेपाली कांग्रेसले ११९ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०३ स्थानीय तहको नेतृत्व जितेको छ । नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिका गरी १८५ पालिकामा विजय हासिल गरेको छ । कांग्रेस एमाले भन्दा ११८ बढी पालिकामा विजयी भएको छ ।

माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी कुल ११७ वटा पालिका जितेको छ । त्यसैगरी एकीकृत समाजवादी पार्टीले ९ पालिका जितेको छ भने जनता समाजवादी पार्टीले १८ पालिकाको नेतृत्व पाएको छ । स्वतन्त्र तथा अन्य दलले ५० वटा पालिका जितेका छन् ।

मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले २३ पालिकामा अग्रता बनाएको छ । एमाले १९ पालिकामा अघि छ । माओवादी ४, एकीकृत समाजवादी २, जसपा ४ पालिकामा अगाडि छन् । स्वतन्त्र र अन्य दलको १५ पालिकामा अग्रता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७