भरतपुरमा ६९ हजार मत गणना, ४,९१६ भोटले रेनुको अग्रता


७ जेष्ठ २०७९, शनिबार
renu dahal 1

भरतपुर । चितवनको भरपुर महानगरपालिकामा अहिलेसम्म ६९ हजार ११ मतगणना भएको छ । प्रमुखमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले २६ हजार ८४१ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनी गठबन्धनको साझा उम्मेदवार हुन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले) का विजय सुवेदीले २१ हजार ९२५ मत ल्याएका छन् । रेनु विजयभन्दा ४,९१६ मत अघि छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९,३०१ मत पाएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २८ हजार ८५२ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १७ हजार ६९ मत पाएकी छन् ।

भरतपुरको वडा नम्बर १५ मा ५९२ मतगणना हुँदा वडाध्यक्षमा कांग्रेस उम्मेदवारले ५४४ मत ल्याएका छन् । राप्रपाका उम्मेदवारले ८३ मत ल्याएका छन् । यस्तै, वडा नम्बर १६ मा ९११ मतगणना हुँदा कांग्रेसका उम्मेदवारले ५४१ मत र एमालेका उम्मेदवारले १७१ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७