हेटौंडाको प्रमुखमा एकीकृत समाजवादीकी लामा विजयी


७ जेष्ठ २०७९, शनिबार
meena lama 50njbQLfOP

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी भएकी छन् ।
सार्वजनिक मतपरिणाम अनुसार निकटतम् प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा विजयी भएकी हुन् ।

उनी निवर्तमान उपप्रमुख हुन् । मीना लामाले २३ हजार ६७ मत पाइन् । उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ पाउँदा राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार ३१ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उपमेयरमा बानियाँले ३२ हजार ५९३ मत ल्याएर निर्वाचित भए । एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन् । राप्रपा उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले ५ हजार ८८७ मत प्राप्त गरिन् ।

हेटौंडा उपमहानगरमा गठबन्धन बनेको थियो । लामाको जीतसँगै एकीकृत समाजवादीले पाएको एउटा उपमहानगर जितेको छ । हेटौंडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४७३ मतदाता छन् । जसमध्ये ५० हजार ७२५ पुरुष, ५३ हजार ७४५ महिला र ३ अन्य मतदाता रहेका छन् ।

हेटौंडाको प्रमुखका लागि नेकपा एमाले अनन्तप्रसाद पौडेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सञ्जिव खराललाई उम्मेदवार बनाएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेशमान सिंह र नेकपा मालेबाट केशव घर्ती पनि उपमहानगरको प्रमुखको प्रतिस्पर्धामा थिए ।
उपप्रमुखमा एमालेबाट सुमित्रा काफ्ले, लोसपाबाट नानीमैयाँ श्रेष्ठ, राप्रपाबाट इन्दिरा न्यौपाने र मालेबाट अम्बिका लामिछानेले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७