युक्रेनको मारिउपोल शहर नियन्त्रणमा लिएको रुसको दाबी


७ जेष्ठ २०७९, शनिबार
Mariupol Azostal

किभ । रुसले युक्रेनको मारिउपोल शहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । मारिउपोलमा बाँकी रहेको एजोभ्स्टल स्टिल कारखानामा रहेका सबै युक्रेनी सैनिकले अब आत्मसमर्पण गरेको रुसी अधिकारीहरुले बताएका छन् ।

लामो समयदेखि मारिउपोलमा रुसले निरन्तर आक्रमण गर्दै आएको थियो । आक्रमणको कारण मारिउपोल शहर पूणर्रुपमा ध्वस्त भएको छ । रुसको रक्षा मन्त्रालयले मारिउपोलमा बाँकी रहेका ५३१ युक्रेनी सैनिकले शहर छाडेसँगै अब पूणर्रुपमा शहरलाई स्वतन्त्र बनाइएको उल्लेख गरेको छ ।

रुसले मारिउपोलका सबै गुप्त स्थलमा पनि अहिले आफूहरुले कब्जा जमाइसकेको रुसको दाबी छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनालाई मारिउपोल शहर छाड्न अनुमति प्राप्त भएको बताएका छन् ।

यसअघि रुसले मारिउपोललाई चारैतिरबाट घेरा हालेर आक्रमण गरिरहेको थियो । जसको कारण त्यहाँ रहेका सैनिकहरुलाई खाना र पानी जस्ता अत्यावश्यकीय सामग्रीको अभाव हुन थालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७