डोटीको सेती किनारमा बस खस्यो, चार घाइते, एक बालक ‘बेपत्ता’


७ जेष्ठ २०७९, शनिबार
kafmgm1653097559

डोटी । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दुर्घटनामा परेको छ । शनिबार बिहान ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१, गरेपानीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ । दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७