धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता, मेयर-उपमेयरमै गठबन्धन पछाडि


७ जेष्ठ २०७९, शनिबार
gopal hamal 1

कैलाली । स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५१ हजार ६५ मत गणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार ५४१ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडले ११ हजार ५४४ मत ल्याएका छन् । नेकपा (एमाले) का उमेदवार रणबहादुर चन्द ६ हजार ४२४ मतसहित तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा एमालेकी उम्मेदवार कन्दकला राना १० हजार ८८० मतसहित अगाडि छिन् । नेकपा (माओवादी केन्द्र) की उम्मेदवार शान्ति अधिकारीले १० हजार ७०२ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी ६ हजार मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७