काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित र सिर्जनाको मतान्तर १३५


७ जेष्ठ २०७९, शनिबार
Balen Shah keshav esthapit and srijana singh

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साह ३३ हजार ६३४ मतसहित अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार उनलाई १८ हजार १८९ मतसहित एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहको १८ हजार ५४ मत आएको छ । सिर्जना र स्थापितको मतान्तर १३५ मात्रै छ । हालसम्म ९१ हजार ९७२ मत गणना भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७