६९० पालिकाको मत परिणाम : कांग्रेस ३०५, एमाले १८७ र माओवादी ११९ वटामा विजयी


७ जेष्ठ २०७९, शनिबार
MT Godawari birendra bhatta

काठमाडौं । बैसाख ३० गतेको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । अहिलेसम्म ६९० वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार २४३ नगरपालिका र ४४७ गाउँपालिका गरी ६९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेसले मेयर १२१ र अध्यक्षमा १८४ गरी ३०५ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९३ र उपाध्यक्ष १८७ गरी २८० ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ । नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १२१ गरी १८७ पालिकामा जितेको छ । एमालेले उपमेयर ८९ र उपाध्यक्ष १२२ गरी २११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले मेयर २३ र अध्यक्ष ९६ गरी ११९ पालिकामा प्रमुख तथा उपमेयर ३१ र उपाध्यक्ष ९३ गरी १२४ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५१ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७