विजयनगरमा पुनः एमालेकै नेतृत्व, नव निर्वाचितलाई २५ किलोको मालाले स्वागत


७ जेष्ठ २०७९, शनिबार
MB CHANDRAUTA

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले) ले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित भएका हुन् ।

थापाले ५,८३८ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवले ५,३३४ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित थारूले ४,९३० मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाकी गुञ्जेश्वरी कुर्मीले ४,८४९ मत प्राप्त गरिन् ।

विसं २०७४ मा पनि थापा र थारू नै निर्वाचित भएकी थिइन् । यस गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित छ वटा वडा जितेको छ । सातवटा वडा रहेको गाउँपालिकामा जसपाले एक वडाध्यक्ष जितेको छ ।

नव निर्वाचित प्रमुख-उप्रमुखलाई स्वागत
दियालो नेपाल नामक संस्थाले शिवराज नगरपालिकाका नव निर्वाचित प्रमुख-उपप्रमुखलाई स्वागत गरेको छ । प्रमुखमा अजय थापा र उपप्रमुखमा शिवकुमारी थारू निर्वाचित भएपश्चात संस्थाका अध्यक्ष तारा थापा तथा संस्थापक अध्यक्ष मीना परियारले २५-२५ किलोका माला लगाई सम्मान गरेका हुन् ।

दलित मानवअधिकार निगरानी समितिका अध्यक्ष समेत रहेका परियारले निर्वाचित प्रतिनिधिसँग नगरवासीले ठूलो आशा र अपेक्षा राखेकाले पाँच वर्षमा नमूना काम गर्न आग्रह गरे । सम्मान ग्रहण गर्दै नगर प्रमुख थापाले शिवराजको विकास र समृद्धिमा आफू कटिबद्ध भएर लाग्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७