बालिका करणी आरोपमा म्यादी प्रहरी पक्राउ


७ जेष्ठ २०७९, शनिबार
pakrau
फाइल फोटो

झापा । प्रहरीले बालिका करणीको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्ज-२ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ । पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७