६९१ पालिकाको मत परिणाम : कांग्रेस ३०८, एमाले १८८ र माओवादी केन्द्र ११८ वटामा विजयी

चौंथोमा जसपा र पाँचौं स्थानमा नेकपा एस


७ जेष्ठ २०७९, शनिबार
chunab 3

काठमाडौं । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमध्ये ६९१ स्थानीय तहको मत परिणाम आएको छ । सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।

अघिल्लो निर्वाचनमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले अहिले १८८ स्थानीय तह जितेर दोस्रो स्थानमा खुम्चिएको छ । अघिल्लो पटक २६६ स्थानीय तह जितेर दोस्रो पार्टी भएको नेपाली कांग्रेस यस पटक भने ३०८ स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।

अझै पनि ६२ स्थानीय तहको मतपरिणाम आउँन बाँकी छ । तर, पहिलो र दोस्रोमा कांग्रेस र एमालेको स्थानमा परिवर्तन आउने अवस्था छैन । विगत चुनावमा १०६ स्थानीय तह जितेको नेकपा माओवादी केन्द्र ६२ स्थानीय तहको परिणाम आउन बाँकी रहँदै ११८ स्थानीय तह जितेर तेस्रो स्थान सुरक्षित गरेको छ ।

चौथो स्थानमा जनता समाजवादी पार्टी छ । उसले अहिलेसम्म २७ स्थानीय तह जितिसकेको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले २१ स्थानीय तह जितेर पाँचौ स्थान सुरक्षित गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी भने ९ स्थानीय तह जितेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७