अफ्रिकी देशहरूलाई खाद्य संकटबाट बच्न मद्दत गर्न १.५ अर्ब डलर सहयोग


८ जेष्ठ २०७९, आईतवार
Africa ag 1024x683 1

काठमाडौं । अफ्रिकी विकास बैंक (एएफडीबी) ले अफ्रिकी देशहरूलाई सम्भावित खाद्य संकटबाट बचाउन १.५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको बताएको छ ।

शुक्रबार चिनियाँ समाचार संस्था सिन्ह्वालाई उपलब्ध गराइएको जानकारीमा बैंकले भनेको छ, ‘रूस-युक्रेन संकटबाट उत्पन्न खाद्य आपूर्तिको अवरोधका कारण अफ्रिकाले अहिले कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्नको अभाव सामना गर्नु परेको छ । अफ्रिकामा गहुँ, मकै र भटमासजस्ता प्रमुख खाद्यान्नको स्रोतको अभाव सामना गर्नु परेको छ ।’

‘खाद्य सहायताले अफ्रिकालाई खुवाउन सक्दैन । अफ्रिकालाई खाद्यान्नका लागि माग्नुपर्ने आवश्यकता पर्दैन तर, अफ्रिकालाई जमिनमा बीउ र स्थानीय तवरमा प्रशस्त मात्रामा उत्पादन हुने अन्न काट्ने गर्न यान्त्रिक औजारको खाँचो छ र यसका लागि बैंकको सहयोग आवश्यक रहेको पुष्टि हुनेछ’, एएफडीबीका अध्यक्ष अकिनवुमी अडेसिनाले भने ।
बैंकले खाद्य आपूर्ति तुरुन्त बढाउन मे महिनामा रोप्ने मौसम सुरु हुनुभन्दा पहिले अफ्रिकी कृषकहरूलाई तत्काल उच्च गुणस्तरीय बीउ र अन्य खाद्यान्नका सामानको आवश्यकता भएको बताएको छ ।

बैंकका अनुसार अफ्रिकी आकस्मिक खाद्य उत्पादन केन्द्रमार्फत् साना कृषकहरूलाई खाद्यान्नको कमीबाट पर्ने समस्यामा सहयोग गर्ने पहलस्वरूप १.५ अर्ब अमेरिकी डलर सहयोग गर्नेछ । यस सुविधाले २० लाख अफ्रिकी साना किसानलाई प्रमाणित बीउ उपलब्ध गराउने छ । यसले कृषि मलको पहुँच बढाउने र उनीहरूलाई खाद्यान्नको उत्पादन बढाउन सक्षम बनाउने कुरा पनि बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७