इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


८ जेष्ठ २०७९, आईतवार
thumb 13

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीताकुमारी चौधरी विजयी भएका छन् ।

एमालेका यामकुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गर्दै कांग्रेसका पौडेल मेयरमा निर्वाचित भएका हुन् । पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बा २८ हजार ३१ मत पाएर पराजित भए ।

उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका केशवकुमार विष्टलाई हराउँदै एमालेकी चौधरी निर्वाचित भइन् । उनले ३२ हजार ४ सय ३६ मत पाइन् । हारेका विष्टले १८ हजार ३१ पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७