आईपीएल क्रिकेट : मुम्बईसँग दिल्ली पराजित, बेङ्ग्लोर प्लेअफमा


८ जेष्ठ २०७९, आईतवार

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।
महत्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्लेअफमा पुगेको छ । दिल्ली ५ विकेटले पराजित भएपछि बेङ्ग्लोर १६ अङ्कका साथ अन्तिम चारमा रहेर प्लेअफमा पुगेको हो ।

जितका लागि १६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । मुम्बईका ईशान किशनले सर्वाधिक ४८ रन जोडे । दिल्लीका शार्दुल ठाकुर र एनरिच नोर्कियाले २/२ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । दिल्लीका रोभम्यान पावेलले सर्वाधिक ४३ रन बनाए । मुम्बईका जस्प्रित बुमराहले ३ तथा रमनदीप सिंहले २ विकेट लिए । गुजरात, राजस्थान रोयल्स र लखनऊ यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७