तनहुँमा ३७३ जनप्रतिनिधि निर्वाचित


८ जेष्ठ २०७९, आईतवार
Tanahu Female Ward

तनहुँ । स्थानीय तह निर्वाचनबाट तनहुँमा नौ स्थानीय तहमा ३७३ जनप्रतिनिधि निर्वाचित भएका छन् । व्यास नगरपालिकामा मतगणना जारी रहँदा अन्य स्थानीय तहमा ती तहमा जनप्रतिनिधि निर्वाचित भइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी उक्त संख्यामा जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी नेपाली कांग्रेसबाट १८२ निर्वाचित भएका छन् । नेकपा (एमाले) बाट १५१, नेकपा (माओवादी केन्द्र)बाट ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक र स्वतन्त्रबाट पाँच निर्वाचित भएका छन् ।

कार्यालयका अनुसार नौ प्रमुख-अध्यक्ष, नौ उपप्रमुख-उपाध्यक्ष, ७१ वडाध्यक्ष, ७१ महिला सदस्य, ७१ दलित महिला सदस्य र १४२ खुला सदस्य निर्वाचित भएका छन् । व्यास नगरपालिकाबाट ७२ जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनबाट जिल्लामा कूल ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

कांग्रेसबाट पालिका प्रमुख-अध्यक्ष चार, उपप्रमुख-उपाध्यक्ष चार, वडाध्यक्ष ३५, महिला सदस्य ३३, दलित महिला सदस्य ३३ र खुला सदस्य ७३ निर्वाचित भएका छन् । एमालेबाट पालिका प्रमुख-अध्यक्ष चार, उपप्रमुख-उपाध्यक्ष दुई, वडाध्यक्ष २५, महिला सदस्य ३२, दलित महिला सदस्य ३२ र खुला सदस्य ५६ निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट पालिका प्रमुख-अध्यक्ष एक, उपप्रमुख-उपाध्यक्ष तीन, वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ, खुला सदस्य १२ निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्य एक जना निर्वाचित भएका छन् । स्वतन्त्रबाट वडाध्यक्षमा चार र महिला सदस्यमा एक जना निर्वाचित भएका छन् ।

व्यासका पाँच वडामा कांग्रेस, तीन वडामा एमाले

व्यास नगरपालिकाको आठ वडाको नतिजा सार्वजनिक भएको छ । यही जेठ ४ गतेदेखि सुरु भएको मतगणनाअनुसार आठ वडाको नतिजा सार्वजनिक भएको हो । व्यासको १, २, ३, ४, ५, ६, ७ र ८ को नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ती मध्ये १, २, ३, ६ र ८ मा कांग्रेस र ४, ५ र ७ मा एमालेले विजय हासिल गरेको छ ।

व्यास-१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, खुला सदस्यमा पूणर्बहादुर थापा, मणिजङ बस्नेत, महिला सदस्यमा किस्ना दुरा गुरुङ, दलित महिला सदस्यमा सुनिता सुनार निर्वाचित भएका छन् । वडा नं २ को अध्यक्षमा काशीराम श्रेष्ठ, खुला सदस्यमा सुरेश वाग्ले, जगतबहादुर क्षेत्री, महिला सदस्यमा सानारफत मियाँ, दलित महिला सदस्यमा सविता रसाइली निर्वाचित भएका छन् ।

वडा नं ३ को अध्यक्षमा अनुप राना, खुला सदस्यमा शान्तिरमण वाग्ले, दधिराज सुवेदी, महिला सदस्यमा विनु श्रेष्ठ र दलित महिला सदस्यमा श्रीमाया विक निर्वाचित हुनुभएको छ । वडा नं ४ को अध्यक्षमा मनबहादुर गुरुङ, खुला सदस्यमा सरोज भण्डारी, कणर्बहादुर गुरुङ, महिला सदस्यमा गौकुमारी न्यौपाने र दलित महिला सदस्यमा राधा विक निर्वाचित भएका भएका छन् । वडा नं ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ निर्वाचित भएका छन् । खुला सदस्यमा खिमबहादुर थापा, सुन्दर वाग्ले, महिला सदस्यमा केशरीमाया थापा र दलित महिला सदस्यमा लक्ष्मी विक निर्वाचित भएका छन् ।

वडा नं ६ को अध्यक्षमा जीवन गुरुङ निर्वाचित भएका छन् । खुला सदस्यमा ढालप्रसाद घिमिरे, सूर्यकान्त काफ्ले, महिला सदस्यमा बालकुमारी श्रेष्ठ र दलित महिला सदस्यमा बुद्धिमाया विक निर्वाचित भएका छन् । वडा नं ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी भए । खुला सदस्यमा टीकाबहादुर गुरुङ, सुवास वाग्ले, महिला सदस्मा निला घिमिरे र दलित सदस्यमा सरस्वती विक निर्वाचित भएका छन् भने वडा नं ८ को अध्यक्षमा युवराज गुरुङ विजयी भए । खुला सदस्यमा रामप्रसाद मिश्र, थमानसिं गुरुङ, महिला सदस्यमा विष्णुमाया राना र ठडराई विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७